बैंकिङ समूहको बढतले सेयर बजार हरियो, नेप्सेमा झिनो सुधार

79 Shares

साताको कारोबारको सुरुवाती दिन सोमबार नेपाली सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.९६ अंकले बढेर २ हजार ५९४.७६ विन्दुमा पुगेको छ ।

बजारमा वृद्धि भए पनि परिसूचकमा आएको परिवर्तन भने निकै सीमित छ । आजको कारोबारमा बैंकिङ समूह सबैभन्दा अगाडि देखिएको छ । बैंकिङ समूहको सूचक १.१२ प्रतिशतले बढ्दा विकास बैंक र व्यापार समूहमा पनि सुधार देखियो । तर जलविद्युत्, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्तलगायतका केही समूहका सूचक घटेका छन् ।

दिनभरको कारोबारमा ३५२ वटा धितोपत्रका करिब ५१ हजार ६०० कारोबारमार्फत कुल ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । समग्रमा नेप्सेमा सामान्य सुधार देखिए पनि केही समूहमा गिरावट कायमै रहेकाले बजारको गति मिश्रित देखिएको छ ।