कावासोतीमा बीपी कोइरालाको सालिक तोडफोड

36 Shares

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–२ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयअगाडि रहेको पार्टीका संस्थापक नेता बीपी कोइरालाको सालिक तोडफोड भएको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाको सालिक तोडफोड भएको घटनापछि स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ । पार्टी कार्यालयअगाडि रहेको सालिक कसले र किन तोडफोड गरेको हो भन्नेबारे हालसम्म खुलेको छैन ।

घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन भने तोडफोड गर्नुको कारणसमेत सार्वजनिक भएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रमुख व्यक्तित्व हुन् । उहाँको सालिक तोडफोड भएको घटनाले स्थानीयस्तरमा चर्चा पाएको छ ।