34
Shares
टर्कीमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ । पूर्वी क्षेत्र मालात्यामा भएको उक्त दुर्घटनामा एस–७० हेलिकोप्टर परेको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।
हेलिकोप्टर येसील्युर्त जिल्लाको सामन्कोय क्षेत्रमा खसेको हो । दुर्घटनालगत्तै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन । घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान अघि बढाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया