पोखरामाथि विराटनगरको जित, प्लेअफ सम्भावना बलियो

9 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्समाथि चार विकेटको जित निकालेको छ। यो नतिजासँगै विराटनगरले प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

जितसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोडेको छ। तीन खेलमा जित र तीनमा हार बेहोरेको टोली अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।