छठ पर्वका लागि उपत्यकाका नदी किनारमा चहलपहल बढ्दै

88 Shares


काठमाडौँ उपत्यकामा छठ पर्वलाई लक्षित गर्दै विभिन्न नदी किनार तथा पोखरी क्षेत्रमा तयारी थालिएको छ । 
छठ पूजाका लागि गौरीघाट, कमलपोखरी, थापाथली र बल्खुलगायतका स्थानमा घाट व्यवस्थापन, सरसफाइ तथा सजावटको काम अघि बढाइएको छ ।

सूर्यदेव र छठी माताको पूजा आराधना गरिने यस पर्वका लागि भक्तजनहरू पूजास्थल व्यवस्थित बनाउन जुटेका छन् । नदी तथा पोखरी किनारमा पूजा गर्न सहज हुने गरी आवश्यक व्यवस्थापन मिलाउने तयारी भइरहेको छ । काठमाडौँ महानगरपालिकाले पनि छठ पर्व मनाइने विभिन्न स्थानमा सरसफाइ, सुरक्षा र अन्य आवश्यक व्यवस्थापनमा सहकार्य गर्ने गरेको छ । 


तराई क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा पनि उत्साहका साथ मनाउन थालिएको छ ।