कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, हिमाली संकटबारे विश्वको ध्यानाकर्षण

198 Shares

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार पेभिलियनको उद्घाटन गर्नुभएको हो ।

पेभिलियनमा नेपालको जैविक विविधता संरक्षण, जलवायु परिवर्तनसँग जुध्न समुदायस्तरमा भइरहेका प्रयास र वातावरण संरक्षणका उपलब्धि प्रदर्शन गरिएको छ ।

उद्घाटनका क्रममा मन्त्री खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु न्याय र प्रभावित देशलाई सहज रूपमा आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

उहाँले हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै हिमाली क्षेत्रको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।