धनकुटामा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ, १ लाख ११ हजार रुपैयाँ बरामद

97 Shares

धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । स्थानीय विष्णु घिसिङको घरमा सोमबार राति जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरीले मंगलबार बिहान करिब २ः३० बजे छापा मारेको थियो ।

प्रहरीले घटनास्थलबाट १४ वटा ठूलो कौडा, १६ वटा सानो कौडा र नगद १ लाख ११ हजार ३१५ रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।