१४औँ साग सन् २०२७ अप्रिलमा हुने, भारतको सहभागिताबारे अझै अन्योल

119 Shares

पटक–पटक मिति सर्दै आएको १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ अप्रिल २० देखि २८ सम्म पाकिस्तानमा आयोजना हुने तय भएको छ । प्रतियोगिता इस्लामाबाद, लाहोर र पेसावरमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

राजनीतिक अस्थिरता, आर्थिक संकट र सुरक्षा चुनौतीका कारण प्रतियोगिता यसअघि चार पटकसम्म सारिएको थियो । पाकिस्तानले अहिले खेल पूर्वाधार, बजेट र सुरक्षाको तयारीलाई तीव्रता दिएको छ । तर प्रतियोगितामा भारतको सहभागिता भने अझै निश्चित भएको छैन ।

भारत सहभागी नभए प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर र महत्त्व प्रभावित हुन सक्ने खेल क्षेत्रका जानकारहरूको आकलन छ। यस अन्योलले नेपाली खेलाडीको तयारी र प्रतियोगिताप्रतिको उत्साहमा समेत असर पार्न सक्ने देखिएको छ ।