नेपाल संवत् राष्ट्रिय पहिचान र गौरवसँग जोडिएको इतिहास हो ः प्रधानमन्त्री शाह

79 Shares


प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत्को ऐतिहासिक महत्वलाई संरक्षण गर्दै नयाँ पुस्तामाझ यसको पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ । 


नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय विभूति शङ्खधर साख्वाले सर्वसाधारणलाई ऋणमुक्त गराउन गरेको ऐतिहासिक काम नेपालको सामाजिक सेवाभाव र परोपकारी परम्पराको उदाहरण भएको उल्लेख गर्नुभएको छ ।


प्रधानमन्त्री शाहले नेपाल संवत्ले नेपालीबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबैमा नयाँ वर्षको शुभकामना दिनुभएको छ ।