इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो, थप आक्रमणको तयारी

58 Shares

इरानविरुद्धको सैन्य अभियानमा अमेरिकाको खर्च ४७ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ । अमेरिकी केन्द्रीय कमान्डले तयार पारेको र पेन्टागनले अमेरिकी कङ्ग्रेसलाई उपलब्ध गराएको अक्टोबर १६ सम्मको खर्च सेप्टेम्बरको सुरुआती अनुमानभन्दा ३ अर्ब ५० करोड डलर बढी हो ।

कुल अनुमानित खर्चमध्ये प्रयोग भइसकेका हतियार तथा गोलाबारुद पुनः भण्डारण गर्न करिब २९ अर्ब डलर लाग्ने देखिएको छ । सैन्य अभियान सञ्चालनका अतिरिक्त खर्चमा करिब ११ अर्ब ९० करोड डलर र क्षति पुगेका सैन्य उपकरण प्रतिस्थापन गर्न ६ अर्ब १० करोड डलर खर्च हुने अनुमान छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश प्राप्त भएको ९६ घण्टाभित्र इरानमाथि थप ठूलो सैन्य कारबाही गर्न अमेरिकी सेना तयार रहेको सीएनएनले जनाएको छ । मध्यपूर्वमा तैनाथ सैन्य जनशक्ति र उपकरण नयाँ आक्रमणका लागि पर्याप्त अवस्थामा छन् ।

सैन्य अभियानको खर्च बढिरहेका बेला थप कारबाहीको सम्भावनाले अमेरिका र इरानबीचको तनाव फेरि बढ्न सक्ने चिन्ता देखिएको छ