दशैँ बिदा सकिएसँगै काठमाडौंमा चहलपहल बढ्यो, सडकमा सवारी चाप

9 Shares

दशैँको लामो बिदापछि सरकारी कार्यालय तथा विभिन्न संस्थाहरू सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य लयमा फर्किन थालेको छ । 
दशैँ मनाउन उपत्यकाबाहिर गएका सर्वसाधारण फर्किने क्रम जारी रहँदा सोमबार बिहानैदेखि राजधानीका सडकमा सवारीसाधनको चाप बढेको छ ।

बिदाका कारण सुनसान बनेका बानेश्वर, माइतीघर, सिंहदरबार, कोटेश्वर र कलङ्कीलगायतका क्षेत्रमा सवारीसाधन तथा पैदलयात्रुको चहलपहल बढेको छ । लामो दूरीका सार्वजनिक यातायातमार्फत काठमाडौं फर्किने यात्रु र कार्यालय खुल्न थालेसँगै सडकमा चाप बढेको हो ।

दशैँ बिदापछि कर्मचारी, विद्यार्थी र सर्वसाधारणको आवतजावत बढ्दा बजार क्षेत्रसमेत व्यस्त देखिन थालेका छन् । बिदापछि उपत्यकामा सवारी चाप बढ्ने क्रमलाई ध्यानमा राख्दै ट्राफिक नियम पालना गर्न र सार्वजनिक यातायात प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।