9
Shares
दसैँ बिदापछि खुलेको नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो कारोबार मूल्यको तुलनामा सुनको मूल्य करिब ११ हजार ७०० रुपैयाँले घटेको हो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । दसैँ बिदाका कारण केही दिन नयाँ मूल्य सार्वजनिक नभएपछि आइतबार बजार खुलेसँगै सुनचाँदीको नयाँ मूल्य निर्धारण गरिएको हो ।
सुनचाँदीको मूल्यमा हुने उतारचढावले गरगहना खरिद गर्ने उपभोक्ता तथा व्यवसायीलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया