दसैँ नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै सुनको मूल्य एकैदिनमा २ हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । आइतबार ४ हजार ४४० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।
दसैँमा नयाँ गरगहना किन्ने तथा पुराना गरगहना साट्ने उपभोक्ताका लागि सुनको मूल्यमा आएको गिरावट चासोको विषय बनेको छ । यद्यपि, मूल्य घटे पनि सुन प्रतितोला झन्डै ३ लाख रुपैयाँकै हाराहारीमा रहेकाले गरगहना खरिद गर्दा उपभोक्ताले आफ्नो बजेटसमेत ध्यान दिनुपर्ने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया