साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने तयारी गरिएको छ । पछिल्लो समय क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका कारण प्रभावित बनेको विमानस्थलमा अक्टोबर २५ देखि उडान सञ्चालनका लागि नयाँ व्यवस्था लागू गरिएको हो ।
विमानस्थल प्रशासनले टर्मिनल–१ बाट आन्तरिक उडान र टर्मिनल–२ बाट साउदीका राष्ट्रिय वायुसेवा कम्पनीद्वारा सञ्चालित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने जनाएको छ । यात्रुलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग आफ्नो उडानको अवस्था र टिकटको पुष्टि गर्न आग्रह गरिएको छ ।
विमानस्थल सञ्चालन पुनः सुरु गर्ने तयारी भइरहँदा पनि सुरक्षा जोखिम भने हटेको छैन । अक्टोबर २५ मा साउदीको राजधानी रियादतर्फ प्रहार गरिएको एक क्षेप्यास्त्र र ड्रोन प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ ।
यमनका हुथी विद्रोहीले रियाद विमानस्थललाई लक्षित गर्ने चेतावनीसमेत दोहो¥याएका छन् । लगातारका आक्रमण र सुरक्षा सतर्कताका कारण साउदी अरबको हवाई सेवा प्रभावित हुने जोखिम कायम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया