निलम्बन भएका एआईजी दाहाल कानुनको कठघरामा, अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुदै

38 Shares

सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटालाई प्रहरीले हिरासतमा राखेको छ । असोज १४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लागेको अवस्थामा प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

झापा घर भएका सापकोटालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । सापकोटामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए  ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सापकोटासँग निरन्तर सम्पर्क भएको देखिएको थियो । त्यसपछि सापकोटा पक्राउ परेका हुन् ।

असोज ११ गते बिहान जबरालाई भेट्न एआईजी दाहाल टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको खुलेको छ । प्रहरीले सुरक्षा चुनौती देखेर नियन्त्रणमा लिएको भनेपछि जबरा र उनीसँग सम्पर्कमा देखिएकाहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।