थाइल्याण्डको विद्यालयमा गोलीकाण्ड : मृतककाे संख्या सात पुग्यो

10 Shares

काठमाडाैं । थाइल्याण्डको नोन्थाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रवार बिहान भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार शुक्रवार बिहान भएको सो हिंस्रक आक्रमणमा परी ज्यान गुमाउनेहरूको संख्या बढेर सात पुगेको हो ।

 

घटनाको विस्तृत विवरण र क्षतिको सम्बन्धमा थप जानकारी प्राप्त हुने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् ।