243
Shares
एजेन्सी। पाकिस्तानमा कोइला खानीमा भीषण विस्फोट हुदाँ ३२ जना मजदुरको मृत्यु भएको छ ।
देशको दक्षिण–पश्चिमी प्रान्त बलूचिस्तानको राजधानी क्वेटाको बाहिरीक्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको विस्फोटमा अन्य १० जना मजदुर पुरिएको विभिन्न संचारमाध्मले जनाएका हुन् । खानीभित्र फसेकाहरुको उद्धारकार्य जारी रहेको प्रहरीले बताएको छ । घाइतेहरुको स्थिति पनि गम्भिर रहेकाले मृतकको संख्या अभै बढ्ने अनुमान गरिएको हाे ।
सरकारी खानी निरीक्षक गनी बलोचका अनुसार प्रारंभिक अनुसान्धानमा मिथेन ग्यास अध्याधिक जम्मा भएर विस्फोट भएको देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया