गाजामा हमास समूहको पूर्ण निशस्त्रीकरणका लागि ‘शान्ति बोर्ड’ मा सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा

885 Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणका लागि ‘शान्ति बोर्ड’मा सहमति भएको घोषणा गर्नुभएको छ ।

उहाँले निशस्त्रीकरणको प्रक्रिया पूरा हुँदै जाँदा इजरायली सेना गाजाबाट पछि हट्ने र अन्तर्राष्ट्रिय स्थिरीकरण बल तथा नयाँ प्यालेस्टिनी प्रहरीले गाजाको सुरक्षाको जिम्मा सम्हाल्ने बताउनुभएकाे हाे । राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो २० सूत्रीय शान्ति योजनाको कार्यान्वयनका लागि एक ठूलो कोशेढुंगा भन्दै इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद समेत दिनुभयाे ।

 

यद्यपि, हमास र इजरायलबाट हालसम्म यस घोषणामा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । इजरायलले प्रस्तावित शर्तहरूप्रति यसअघि नैं असन्तुष्टि व्यक्त गरिसकेको छ ।