काभा महिला भलिबलमा भारतकाे नेपालमाथि सहज जित

180 Shares

काठमाडाैं । काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाली महिला टाेलीलाई पराजित गरेकाे छ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेकाे हाे । भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले जितेकाे थियाे । यो जितसँगै भारतले तेस्राे स्थानमा रहेर कांस्य पदक जितेको छ । नेपाल भने चाैथाे स्थानमा रहेकाे हाे ।

यस अघि बिहीबार भएको सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । प्रतियोगितामा ८ वटा टोली सहभागी थिए । समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स तथा समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।