काभा महिला भलिबलको पहिलो सेमिफाइनलमा आज दुई खेल हुँदै

25 Shares

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो सेमिफाइनलमा बिहीबार दुई वटा खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार साँझ ५ बजेदेखि नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएकाे हाे । समूह चरणको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–२ को सेटमा पराजित भएको नेपालले त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। नेपालले दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

बिहीबारै हुने अर्को सेमिफाइनल खेलमा भारत र कजाकिस्तानबीच प्रतिस्पर्धा हुने भएकाे छ। सोही खेल बिहीबार दिउँसो साढे २ बजेदेखि शुरु हुने आयोजकले जनाएको हाे ।