आईपीएल क्रिकेटमा राजस्थान रोयल्स हैदरावादलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुग्याे

33 Shares

काठमाडाैं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

भारतकाे न्यु चन्द्रिगढमा बुधबार राति भएकाे एलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै गुजरात टाइटन्ससँगको भेट सुनिश्चित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले २९ बलमै ९७ रन बनाए । ध्रुव जुरेलले २१ बलमा ५० रन बनाए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका छन् । राजस्थानले दिएको २ सय ४४ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर २ बलमा १ सय ९२ रन बनाउदा अलआउट भयो ।

अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्ने भएकाे छ । साथै गुजरात टाइटन्स र राजस्थान रोयल्सबीचकाे खेल शुक्रबार राति पौने ८ बजे न्यु चन्द्रिगढमा हुने भएकाे हाे । पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।