एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा अवैध सुन खानी नजिक गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार बिहीबार राति सिजुन्जुङ रेजेन्सीस्थित एक भिर खस्दा दुर्घटना भएको हो। पहिरो खस्दा खानी क्षेत्रमा कार्यरत धेरै मजदुर भग्नावशेषमा पुरिएका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार घटनापछि स्थानीय बासिन्दा र परिवारका सदस्यहरूले उद्धार कार्य सञ्चालन गरेका थिए। स्थानीय स्रोतका अनुसार मृतकहरूको शव निकालेर अन्त्येष्टि समेत गरिसकिएको छ।
इण्डोनेसियामा विशेष गरी वर्षायाममा यस्ता खानी दुर्घटना बारम्बार हुने गरेका छन्। भारी वर्षाका कारण जमिन कमजोर बन्दा पहिरो जाने र खानी मजदुरहरू जोखिममा पर्ने समस्या दोहोरिने गरेको अधिकारीहरूले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया