इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा ३९ जनाको निधन, दर्जनाैं घाइते

12 Shares

एजेन्सी। इजरायल सेनाले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायल सेनाले गरेको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु भएकाे जनाएकाे हाे ।

आक्रमणमा परी दर्जनाैं मानिसहरू घाइते भएका छन् । त्यस्तै, ठूलो मात्रामा भौतिक क्षति समेत भएको मन्त्रालयले जनाएकाे हाे। इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रहरू, विशेष गरी दक्षिणी भाग र बेरुतका आवासीय क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ।

दक्षिण लेबनानको साक्साकिये सहरमा मात्रै इजरायली सेनाकाे आक्रमणबाट एक बालिकासहित सात जनाको मृत्यु भएको हाे ।

साेही घटनामा परी १५ जना घाइते भएका छन् । त्यस्तै, नबातिये क्षेत्रमा एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरी सवार मोटरसाइकलमाथि इजरायली ड्रोनले तीन पटकसम्म आक्रमण गरेको समाचार सार्वजनिक भएको हाे।