मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

14 Shares

 काठमाडाैं । चितवनकाे नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान पहिरो खसेपछि अहिले उक्त खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेका हाे ।

इलाका प्रहरी कार्यालय मुग्लिनले मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने सो स्थानमा ठूला ढुङ्गासहित पहिरो खसेको जनाएकाे छ । सडकलाई पूर्ण रूपमा सञ्चालन गर्न डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको प्रहरीले बताएकाे हाे ।

आइतबार बिहानीको समयमा पहिरो खसेका कारण सवारीको चाप बढ्न सक्ने भएकाले चालकहरूलाई संयमित भएर सवारी चलाउन प्रहरीले आग्रह गरेको छ । पहिरो पन्छाएर सडक दुईतर्फी खुलाउन केही समय लाग्ने देखिएको प्रहरीले बताएकाे हाे ।