43
Shares
काठमाडाैं । काठमाडौंस्थित ठमलेको गल्कोपाखा सडक–खण्डमा एक व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । उनलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेका २४ वर्षीय विशाल तामाङ र सिन्धुलीका ३१ वर्षीय होमबहादुर दलार्मीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, उनीहरूले बाँकेका सागर सुनारमाथि बिहीबार बिहान ६ बजे कुटपिट गरेका थिए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया