देशैभरी कक्षा १२ को परीक्षा जारी

40 Shares

काठमाडाैं । देशैभरी यस वर्षको कक्षा १२ को परीक्षा सामबारदेखि शुरु भएको छ ।

साेमबार बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन साेमबार अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा भइरहेकाे हाे । राष्ट्रिय परीक्षा बोर्डले नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० गरि कूल ४ लाख ९८ हजार ८ विद्यार्थी परीक्षामा सहभागी भएकाे जनाएकाे छ।

यो वर्ष सबै भन्दा कम मनाङमा ३१ र सबै भन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाको लागि देशैभरी एक हजार ४ सय २० र जापानमा एउटा परीक्षा केन्द्र कायम गरिएको बाेर्डले जनाएकाे हाे ।

सबै भन्दा बढी काठमाडौंमा १ सय ६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक–एक वटा परिक्षा केन्द्र रहेको छ ।