यूएईविरुद्ध नेपाल दबाबमा, २५ ओभरमा ५ विकेट गुमाउँदै १०७ रन

169 Shares

काठमाडौं — ICC Cricket World Cup League 2 अन्तर्गत कीर्तिपुरमा जारी यूएईविरुद्धको खेलमा नेपाल दबाबमा देखिएको छ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २५ ओभर सकिँदा ५ विकेट गुमाएर १०७ रन बनाएको छ।

नेपालका लागि ओपनर आसिफ शेख ७ रनमै आउट भए। कुशल भुर्तेल ले २४ रन बनाए भने भीम शार्की १० रनमा आउट भए। कप्तान रोहित पौडेल २ रनमै पेभेलियन फर्किए भने बसिर अहमद ले २० रनको योगदान दिए।

हाल क्रिजमा उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।

यूएईका बलरमध्ये खुजाइमा तनभीर र अजय कुमार ले समान २–२ विकेट लिए भने हैदर अली ले १ विकेट हात पारेका छन्।