काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत पञ्जाब किंग्स र कोलकता नाइट राइडर्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।
कोलकतास्थित इडेन गार्डेन्समा सोमबार राति भएको खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडेका हुन्।
टस जितेर पहिले ब्याटिङ रोजेको कोलकताले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर २५ रन बनाउँदा वर्षा सुरु भएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि अम्पायरले खेल रद्द गर्ने निर्णय गरेका हुन्।
यस नतिजासँगै पञ्जाब किंग्स ३ खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि खेलेका दुवै खेलमा पञ्जाब विजयी भएको थियो।
यता, सिजनको सुरुआती दुई खेलमा पराजित भएको कोलकताले भने वर्षाको मद्दतले पहिलो अंक जोडेको छ। ३ खेलबाट १ अंक जोडेको कोलकता तालिकाको आठौं स्थानमा रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया