पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: आज देशभर आंशिक बदली, पहाडी–हिमाली क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

163 Shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ।

मंगलबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बदली रही अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

यस अवधिमा पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ