भारी वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन बन्द

154 Shares

काठमाडौं । अविरल वर्षाका कारण बी.पी. राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक क्षेत्रको सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोक का अनुसार आज साँझ ६:४५ बजेदेखि परेको भारी वर्षाका कारण रोशी खोला मा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सवारी सञ्चालन तत्कालका लागि रोकिएको हो।

यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक जानकारीका लागि ट्राफिक प्रहरीका हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, मौसम तथा सडकको अवस्थाबारे थप जानकारी लिएर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ।