कागेश्वरीमनहराका सौन्दर्यकर्मीहरूको दोश्रो अधिवेशन सम्पन्न

184 Shares

काठमाडौं । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) कागेश्वरी मनहरा नगर कमिटिको दोश्रो अधिवेशन नगर अध्यक्ष सरिता शिवाकोटीको अध्यक्षता तथा नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीको प्रमुख आतिथ्यतामा गोठाटारमा सफल रुपमा सम्पन्न भएको छ । सुनिता खड्का लम्सालको अध्यक्षतामा १३ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको हो । 

पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले संगठनले सबै सौन्दर्यकर्मीहरूलाई एकजुट भएर आफ्नो पेशागत सुरक्षा र हक हितका निमित्त लाग्न अभिप्रेरित गर्दै हाम्रा लागी संगठन स्थापना भएको र सदस्यता विस्तार गरेर सङ्गठन मजबुत बनाउनुपर्नेमा जोड दिइन् । त्यसैगरी उनले यसको लागी सबै सदस्यहरूलाई आफ्ना लागी आफै अग्रसर हुनुपर्छ भन्दै  योगदानमा आधारित सामाजिक सुरक्षा, पेशालाई सम्मानित र मर्यादित बनाउन हातेमालो गर्दै अगाडी बढनुपर्ने बताइन् ।

कार्यक्रममा  उपाध्यक्ष मिना गुरुङ डङ्गोल, केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, बाग्मती प्रदेश आर्थिक सचिव सोलिना लामा, प्रदेश सदस्य कमला चापागाईं, जानकी श्रेष्ठ जिफण्ट कागेश्वरी मनहरा नगर अध्यक्ष नबिन कार्की र सदस्यहरूको उपस्थिति रहेको थियो । 
 
दोश्रो अधिवेशनमा निर्वाचित नयाँ कार्यसमितिलाई प्रमुख अतिथी नाबुन केन्द्रिय अध्यक्ष सुजना जोशीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी थिइन् ।