सलमान–नयनतारा पहिलोपटक एउटै फिल्ममा

283 Shares

सलमान खान को आगामी फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिने भएकी छन्। यी दुई स्टार पहिलोपटक एउटै पर्दामा सँगै देखिन लागेका हुन्।

यस फिल्ममा सलमानले निर्देशक वामशी पेडिपल्ली र निर्माता दिल राजू सँग सहकार्य गरिरहेका छन्। फिल्मलाई हालका लागि ‘SVC 63’ नाम दिइएको छ, जुन एक्सन–थ्रिलर हुने बताइएको छ।

निर्माण कम्पनी श्री वेंकटेश्वर क्रिएशन्स ले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरिसकेको छ।

फिल्ममा सलमानको स्टारडम र नयनताराको गहिरो अभिनय शैलीको संयोजन देखिनेछ। उच्चस्तरीय एक्सनसँगै भावनात्मक कथा पनि मुख्य आकर्षण रहने जनाइएको छ।

ठूलो बजेटमा बन्ने यस फिल्मको छायांकन भारतका विभिन्न स्थानमा गरिनेछ। सुटिङ अप्रिल १४ देखि मुम्बईबाट सुरु हुने जनाइएको छ।