काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स सञ्चालनमा रोक लगाएको छ।
शिक्षामन्त्री सस्मित पोखरेल ले आगामी वैशाख १ गतेदेखि यस्ता कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन्। मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार विभिन्न तहका भर्ना लक्षित तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्दै आएका कार्यक्रमहरू बन्द गरिनेछ।
मन्त्रालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याउने र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने गरेको छ।
निर्णयको कार्यान्वयन सुनिश्चित गर्न यस्ता कक्षाहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानून बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया