काठमाडौँ । नेपाली कांग्रेस ले पार्टी नेता रमेश लेखक पक्राउको विरोधमा सडक आन्दोलनमा नजाने जनाएको छ ।
पार्टी कार्यालय सानेपा मा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसे ले कांग्रेस विधिको शासन मान्ने भएकाले आन्दोलनमा नजाने स्पष्ट पार्नुभयो ।
उहाँले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै भदौ २३ र २४ गतेका घटनालाई निष्पक्ष रूपमा टुङ्ग्याउनुको सट्टा सरकारले राजनीतिकरण गर्न खोजेको आरोप लगाउनुभयो ।
कांग्रेसले दुवै दिन भएका घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने बताएको छ । विशेषगरी २४ गतेको घटनामा आयोगले पर्याप्त ध्यान नदिएको भन्दै आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।
कांग्रेसले कारबाही आवेग वा उत्तेजनामा नभई कानुनी प्रक्रिया अनुसार हुनुपर्नेमा जोड दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया