17
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री शाह शुक्रबार राष्ट्रपति पौडेलसँग छलफलका लागि शीतल निवास पुगेका हुन् । भारतको पाँचदिने भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि उहाँले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गरेको केही समयपछि प्रधानमन्त्री शाह शीतल निवास पुग्नुभएको थियो । भेटका क्रममा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारले अघि बढाएका काम तथा अध्यादेशलगायत विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया