कांग्रेसको ‘संसदीय सचेतना’ कार्यक्रम सुरु

117 Shares

काठमाडौँनेपाली कांग्रेस ले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम सुरु भएको छ। कार्यक्रम ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको हो।

कांग्रेसले आफ्नो तर्फबाट निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया तथा भूमिका सम्बन्धी ज्ञान दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मापुष्पा भुसाल तथा महामन्त्रीहरू प्रदीप पौडेलगुरूराज घिमिरे ले प्रशिक्षण दिनेछन्।

यसका साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ।