ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमै राखिने

143 Shares

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ प्रहरी परिसरबाट त्रिवि शिक्षण अस्पताल लगिएको छ।

परीक्षणपछि पनि उनलाई सोही अस्पतालमै राखिने प्रहरीले जनाएको छ। ओली नियमित रूपमा औषधि सेवन गर्दै आएको बताइएको छ।

उनी आज बिहान गौरीबहादुर कार्की आयोग को सिफारिसअनुसार पक्राउ परेका थिए।