सरकारको पहिलो मन्त्रिपरिषद् निर्णय सार्वजनिक, कार्की आयोग प्रतिवेदन कार्यान्वयन गर्ने

136 Shares

काठमाडौं । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा बसेको बैठकले चार महत्त्वपूर्ण निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेल ले जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय:

  • भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा अन्य आन्दोलनका ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने।
  • सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने।
  • शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गर्ने (भोलिसम्म सार्वजनिक गरिने)।
  • गौरीबहादुर कार्की अध्यक्षतामा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने।

प्रतिवेदन कार्यान्वयनअन्तर्गत सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरिनेछ भने अन्य सिफारिसहरू तत्काल लागू गरिने निर्णय गरिएको छ।

सरकारले पहिलो बैठकबाटै सुधार र उत्तरदायित्वमा केन्द्रित निर्णयहरू अघि बढाएको संकेत गरेको छ।