परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण, कूटनीतिमा नयाँ अपेक्षा

117 Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल ले पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुखसमेत रहेका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ ।

४७ वर्षीय खनालले युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसन बाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ भने वज्रपोर्ट विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक तह अध्ययन गर्नुभएको बताइएको छ ।