काठमाडौं । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ। केहीबेरअघि पदभार ग्रहण गरेका मन्त्रीहरू धमाधम सिंहदरबारमा उपस्थित हुँदै बैठकमा भाग लिन पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल ले आजै प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह लाई नियुक्त गरेका थिए भने नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए।
बैठकमा सरकारले अगाडि बढाउने केही महत्त्वपूर्ण कामबारे निर्णय हुने अपेक्षा गरिएको छ। हालसम्म धेरै मन्त्रीहरूले पदभार ग्रहणको पहिलो निर्णय भने लिनुभएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया