काठमाडौं । शेरबहादुर देउवा ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत शाहलाई हार्दिक बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । साथै उनले आजै नियुक्त भएका मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि बधाई तथा सफलताको कामना गरेका छन् ।
शाह शुक्रबार बिहान प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने सोही दिन अपराह्न पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया