नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न, बालेन मन्त्रिपरिषद् औपचारिक रूपमा कार्यरत

109 Shares

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । रामचन्द्र पौडेल ले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

यसअघि आजै बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिएका थिए । शपथ कार्यक्रमअघि बटुकद्वारा स्वस्तिवाचन तथा लामाद्वारा मंगलवाचन गरिएको थियो ।

को–को बने मन्त्री ?

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।

  • स्वर्णिम वाग्ले — अर्थमन्त्री
  • सुधन गुरुङ — गृहमन्त्री
  • शिशिर खनाल — परराष्ट्रमन्त्री
  • सुनिल लम्साल — भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास
  • विराजभक्त श्रेष्ठ — ऊर्जा, जलस्रोत तथा सिँचाइ
  • खड्कराज पौडेल — पर्यटन
  • सस्मित पोखरेल — शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद
  • निशा मेहता — स्वास्थ्य तथा जनसंख्या
  • विक्रम तिमिल्सिना — सञ्चार
  • प्रतिभा रावल — सामान्य प्रशासन
  • दीपक साह — श्रम
  • सोविता गौतम — कानुन
  • सीता वादी — महिला, बालबालिका

शपथसँगै नयाँ मन्त्रिपरिषद् औपचारिक रूपमा कार्यरत भएको छ ।