काठमाडौं । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । रामचन्द्र पौडेल ले शीतलनिवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । संविधान जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो । साथै मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री बनेको पनि पहिलोपटक हो ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
प्रधानमन्त्री शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।
नवगठित मन्त्रिपरिषद्ले चाँडै पहिलो बैठक बसेर कार्यविभाजन र नीतिगत प्राथमिकता तय गर्ने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया