काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले आफ्नो पार्टीले अब बन्ने सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा शपथग्रहणपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारलाई प्रश्न गर्दै सहयोग गर्ने धारणा राख्नुभएको हो ।
उहाँले आलोचना र विरोधलाई पनि सहयोगकै रुपमा लिनुपर्ने उल्लेख गर्दै स्वच्छ आलोचनाले सरकारलाई सही दिशामा लैजान मद्दत गर्ने बताउनुभयो ।
संविधान संशोधनको विषयमा बोल्दै उहाँले जनताको हितमा प्रस्ताव आएमा दुईतिहाइ पुगाउन सहयोग गर्न सकिने संकेत गर्नुभयो ।
उहाँका अनुसार कानून निर्माणका लागि सामान्य बहुमत पर्याप्त भए पनि संविधान संशोधनका लागि आवश्यक पर्ने दुईतिहाइमा प्रस्तावको प्रकृति हेरेर निर्णय गरिनेछ ।
राईले जनताले आफ्नो पार्टीलाई प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने म्यान्डेट दिएको उल्लेख गर्दै आगामी पाँच वर्ष प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया