काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना सांसदहरूलाई केन्द्रीय कार्यालय च्यासलमा बोलाएको छ। प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ ग्रहण लगत्तै च्यासल पुग्न निर्देशन दिइएको छ।
पार्टीका प्रचार संयोजक मीनबहादुर शाही का अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली ले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। उक्त सम्बोधनमा ओलीले समसामयिक राजनीतिक विषयमा सांसदहरूलाई निर्देशन दिनेछन्। पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया