49
Shares
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल जारी रहेका छन्।
तल्लो मुलपानी मैदानमा भइरहेको खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ। गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि बागमती प्रदेशले पहिले ब्याटिङ गरिरहेको छ।
त्यस्तै, मुलपानीमै जारी अर्को खेलमा नेपाल पुलिस क्लब र एपिएफ क्लब बीच प्रतिस्पर्धा भइरहेको छ। विभागीय टोलीबीचको यस खेलमा एपिएफले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले पहिले ब्याटिङ गरिरहेको छ।
प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ। खेलहरू काठमाडौंका मुलपानी र कीर्तिपुरसँगै बाहिरका वीरगञ्ज र जनकपुरमा पनि सञ्चालन भइरहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया