काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ लाई केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ।
राखेपका संघ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राई ले पत्र लेख्दै चैत १३ गते झापामा हुने तय गरिएको निर्वाचन स्थगित गर्न भनेका हुन्।
राखेपले निर्वाचनका लागि आवश्यक स्वीकृति नलिइएको जनाउँदै प्रक्रिया तत्काल रोक्न र तीन दिनभित्र लिखित जानकारी गराउन निर्देशन दिएको छ। साथै निर्देशन उल्लंघन गरेमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।
यसैबीच, अध्यागमन विभाग ले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई खेलाइएको विषयमा छानबिन थालेपछि एन्फाले सञ्चालन गरिरहेको पुरुष तथा महिला दुवै लिग पनि स्थगित भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया