राष्ट्रिय लिग फुटबलमा आर्मीको जित, मछिन्द्रमाथि २–१ को रोमाञ्चक विजय

76 Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।

दशरथ रंगशालामा सोमबार राति भएको खेलमा आर्मीले शीर्ष स्थानको विभागीय टोली मछिन्द्र एफसी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। आर्मीका लागि नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले गोल गरेका थिए भने मछिन्द्रका जोनाथान कान्टिलानाले एक गोल फर्काएका थिए।

लिगमा मछिन्द्रको यो दोस्रो हार हो। मछिन्द्र ११ खेलबाट २५ अंकसहित शीर्ष स्थानमै कायम छ भने आर्मी ११ खेलबाट २३ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामै सोमबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेलेका थिए। त्यस्तै दोस्रो खेलमा लालिगुराँस एसोसिएसन क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ गोलले पराजित गरेको हो।