काठमाडौं । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एन्फा राष्ट्रिय लिग फुटबलका तीन खेल हुने भएका छन्।
पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युवा क्लब भिड्नेछन्। दुवै टोलीले १० खेलमा समान ८ अंक जोडिसकेका छन्। सातदोबाटो तेस्रो स्थानमा र पुलिस चौथो स्थानमा रहेको छ।
दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र लालिगुराँस एसोसिएसन आमनेसामने हुनेछन्। यो खेल जित्दा प्लानिङले शीर्ष स्थानमा रहेका मच्छिन्द्र क्लब र एपिएफसँग अंक बराबरी गर्ने अवसर पाउनेछ। हाल ११ खेलमा प्लानिङले २२ अंक जोडिसकेको छ भने लालिगुराँसको २१ अंक छ।
तेस्रो खेल मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। आर्मीलाई पराजित गरे मच्छिन्द्रले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिनेछ। मच्छिन्द्रको हाल १० खेलमा २५ अंक छ भने एक खेल बढी खेलेको एपिएफसँग पनि समान अंक छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया