क्रोएसियामा सडक दुर्घटना, दुई नेपालीको मृत्यु

126 Shares

काठमाडौं । क्रोएसियामा भएको सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको मेचीनगर–१२ नयाँबस्तीका ३९ वर्षीय भरत कार्की र सल्यानको कुमाख गाउँपालिका–२ का २७ वर्षीय भुवन विक रहेका छन्।

रोजगारीका लागि बोस्निया पुगेका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदै गर्दा बाटोमै भएको सवारी दुर्घटनामा परी ज्यान गएको बताइएको छ।

उक्त दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।